भारतका प्रसिद्ध कथावाचक अनिरूद्धाचार्य महाराज काठमाडौंमा

भारतका प्रसिद्ध कथावाचक अनिरूद्धाचार्य महाराज काठमाडौं आइपुगेका छन् ।

पशुपतिमा जारी एकमहिने कोटिहोममा सहभागी हुन उनी शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

वाचक अनिरूद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै पशुपति कोटिहोम महायज्ञमा आशीर्वचन पनि राख्नेछन् ।

उनी सपरिवार नेपाल आएको र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराजले बताए । डेढ घण्टाको प्रवचन दिएर अनिरूद्धाचार्य महाराज भारत प्रस्थान गर्ने कार्यसूची छ ।

भारतको मध्यप्रदेशमा जन्मिएका अनिरूद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा लोकप्रिय वाचक हुन् ।

उनको प्रवचन सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरूको सहभागिता हुने गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर