वर्तमान सरकार राजनीतिक स्थिरता र स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले) को सहकार्य राजनीतिक स्थिरता र स्थायित्वका लागि भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्व दिनका लागि बनेको बताएका हुन् ।

उनले राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने पनि बताए ।

उनले सामाजिक परिवर्तनका लागि पनि सरकार प्रतिबद्ध रहेको बताए । उनले विगतमा झैं अहिले पनि साथ र सहयोग गर्न आग्रह गरे ।

‘संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल (नेकपा) एमाले मिलेर राजनीतिक स्थिरता, स्थायित्व दिनका लागि बनेको यो सरकार हो । यही राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने प्रतिबद्धतासहित सामाजिक परिवर्तनका लागि हामी गएका छौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘तपाईंहरूले जसरी हामीलाई साथ दिँदै आउनुभएको छ, हामीले पाएको जिम्मेवारी सफल पार्नको लागि साथ, सल्लाह, सुझाव आवश्यक छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *