राशि अनुसार लक्ष्मी पुजा कसरी गर्ने ?

आफ्नो घरमा लक्ष्मीको बास होस् भनेर प्रायः सबैले लक्ष्मीको पुजा आराधना गर्छन । अझ भन्नुपर्दा हरेक वर्ष तिहारको समयमा विधि पुर्याएर लक्ष्मी माताको विशेष पुजा हुने गर्दछ । यो समयमा लक्ष्मीको विशेष पूजा गर्दा वर्षभरि नै धन प्राप्ति हुन्छ भन्ने जनविश्वास पनि छ । वर्षमा एकदिन लक्ष्मी माताको विशेष पुजाआजा गर्ने गरिएपनि दैनिकजसो सबैले आ-आफनै तरिकाले लक्ष्मी मातालाई प्रशन्न गर्न पुजा आराधना गरिरहेका हुन्छन् । त्यसैगरी राशि अनुसार लक्ष्मी माताको पूजाको छ्ट्टै महत्व छ । त्यसैले आज हामी लक्ष्मी मातालाई प्रशन्न गर्न राशि अनुसार कसरी लक्ष्मी पुजा गर्ने भन्ने विषयमा चर्चा गछौँ ।

मेष, सिंह र धनु

विशेष गरी यी तीन राशिका मानिसहरूले  लक्ष्मीको आराधना गर्न चामलमा लक्ष्मीको स्वरूप स्थापना गर्नुहोस् । उहाँको अगाडि घ्यूको दियो बाल्नुहोस् र चाँदीको सिक्का चढाउनुहोस्। पूजा गरेपछि त्यही चाँदीको सिक्का आफ्नो मुद्रा स्थानमा राख्नुहोस्।

मिथुन, तुला र कुम्भ

यी राशिका व्यक्तिहरुका लागि गजलक्ष्मीको रुपको पूजा गर्नुपर्छ । व्यापारमा धन प्राप्तिको लागि गजलक्ष्मीको पूजा गर्ने, दुबैतिर हात्ती रहेको लक्ष्मीजीको स्वरूप स्थापना गर्ने, अगाडि तीनवटा घ्यूको दियो बाल्ने गर्नुपर्छ। लक्ष्मीलाई कमल वा गुलाबको फूल अर्पण गर्नुहोस्, पूजा पछि, त्यही फूल आफ्नो तिजोरीमा राख्नुहोस्।

वृष, कन्या, मकर

यस राशिका मानिसका लागि ऐश्वर्या लक्ष्मीको पूजा विशेष हुन्छ । धन वृद्धिको लागि ऐश्वर्या लक्ष्मीको पूजा गर्नुहोस्। गणेशसँग लक्ष्मीको स्थापना गर्नुहोस् । गणेशलाई पहेँलो फूल र लक्ष्मीलाई गुलाबी फूल चढाउनुहोस्, लक्ष्मीको चरणमा अष्टगन्धको फूल चढाउनुहोस् ।

कर्कट, वृश्चिक र मीन

यस राशिका लागि देवी लक्ष्मीको पूजा विशेष छ। धन हानि हुनबाट बच्न लक्ष्मीको पूजामा लक्ष्मीको रूप स्थापना गर्नुपर्छ । जसमा उनी उभिएर पैसा दिईरहेकी हुन्छिन् । उनको अगाडि सिक्का र नोट राख्नुहोस । पूजा पछि त्यो रकम आफ्नो तिजोरीमा राख्नुहोस् र त्यसलाई खर्च नगर्नुहोस्। उपरोक्त विधिपूर्वक पूजा गर्नाले महालक्ष्मी प्रसन्‍न भई घरमा सुख-समृद्धि रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर