गलत बकपत्र दिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको मुद्दामा गलत बकपत्र दिएको अभियोगमा दुई जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले पोखरा महानगरपालिकाका कर्मचारी सब इञ्जिनियर उषाकिरण रोकायासहितलाई आयोगले घुस लिएको अभियोगमा पक्राउ गरेको थियो । आयोगले सरकारी साक्षीका रुपमा पेश गरेको केशरीप्रसाद तिवारी र उर्मिला पौडेलले गलत बकपत्र दिएको पाइएको छ ।

आयोगले तीन लाख ५० हजार रुपैयाँ बराबरको घुससहित पक्राउ परेका रोकायालगायतलाई जस्तै समान बिगो दाबी गर्दै शुक्रबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर