संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीति गर्ने भाँडो नबनाइयोस् : देव गुरूङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी) मा दलहरूका बीचमा भएको सहमतिबाट पछाडि फर्किन नहुने बताएका छन् ।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव गुरूङले विगतमा पटकपटक टीआरसीको अन्तरवस्तुमा सहमति भए पनि उल्टिने गरेको भन्दै यस पटक सहमतिबाट पछाडि फर्किन नहुने बताएका हुन् ।

उनले विगतमा सहमति कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरू उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडि बढ्नेमा आफूहरू आशावादी रहेको बताए । उनले सहमति कार्यान्वयन गर्नका लागि दलहरूलाई आग्रह गरे ।

उनले टीआरसीको विषय टुंग्याउन निकै विलम्ब भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गरे ।

‘टीआरसीलाई राजनीति गर्ने भाँडो नहोस् भन्ने कुरामा हाम्रो आग्रह हो । १७-१८ वर्षसम्म यसलाई जुन ढंगले अवरोध गर्ने/गराउने, सहमति गर्ने फेरि उल्टिने, सहमति गर्ने फेरि उल्टिने गरेर अवरोध गरेको गरेकै कारणले १७-१८ वर्ष बित्यो,’ महासचिव गुरूङले भने, ‘त्यसकारणले अब त्यसरी उल्ट्याउने काम नहोस् भन्ने हाम्रो आग्रह हो । विगतकालको जस्तो पटकपटक उल्टिने काम नहोस् भन्ने कामना हो ।’

उनले माओवादी केन्द्र सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर