आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिइएको हो ।

यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णयसम्बन्धी सूचना २०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।

सोहीअनुसार जात्राका अवसरमा आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै जनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर