शनिबार पशुपति कोटिहोममा आउँदै भारतका प्रसिद्ध कथावाचक अनिरूद्धाचार्य महाराज

चर्चित कथावाचक अनिरूद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएका छन् ।

मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरूद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्ने भएका हुन् ।

कथावाचक अनिरूद्धाचार्य महाराजले भोलि पशुपतिनाथ मन्दिरको दर्शन गरी कोटिहोम महायज्ञमा आर्शिवचनसहित कथावाचन गर्ने कार्यक्रम रहेको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्ति महाराजले जानकारी दिए ।

भारतको मध्यप्रदेशमा जन्मिएका अनिरूद्धाचार्य महाराजले सानै उमेरदेखि वृन्दावनमा वेद, पुराणसहित धार्मिक ग्रन्थको अध्ययन गरी समग्र भारतवर्षभर प्रवचनमा ख्याति कमाएको आयोजकले जनाएको छ । धार्मिक प्रवचनका क्षेत्रमा शीर्षस्थानमा रहेका अनिरूद्धाचार्यको प्रवचन श्रवण गर्न हजारौँ भक्तजनको उपस्थिति हुने गरेको छ ।

आयोजकका अनुसार हिन्दु धर्मको रक्षा एवं वृद्ध तथा गरिबको सेवामा सपर्पित अनिरूद्धाचार्यको सनातन हिन्दु धर्म र गौमाताको रक्षासहित सामाजिक कार्यतर्फ विशेष रूचि छ । स्वदेश तथा विदेशमा नाम चलेका कथावाचक एवं वाचिकद्वारा कथावाचन हुँदै आएको पशुपति कोटिहोममा कथा श्रवणका लागि अहिले भक्तजनको भीड लागिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर