ओली मन्त्रिपरिषद पूर्ण, तीन राज्यमन्त्री नियुक्त

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै २५ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको हो ।

उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट रूपा विक र पूर्णबहादुर तामाङ तथा नाउपाबाट अरूण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।

विक वन तथा वातावरण, तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ र चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन् ।

नवनियुक्त राज्यमन्त्रीहरूको शपथ पनि आजै हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *