
सामाखुसीमा खुल्यो क्यूएफएक्स चेनको नयाँ हल, एकसाथ ५०० दर्शकले सिनेमा हेर्न सक्ने


काठमाडौंको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको नयाँ हल खुलेको छ । बिहीबार साँझ अभिनेता किरण केसी, रमेश उप्रेती, जितु नेपाल, प्रदीप खड्का, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रूपमा उक्त सिनेमा हलको उद्घाटन गरेका थिए ।
तीनवटा पर्दा रहेको हलमा ४९७ दर्शकले एकसाथ सिनेमा हेर्न सक्नेछन् । सिटी स्क्वायर मलको नवौं तलामा खुलेको हलको ११ औं र १२ औं तलामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नुपरे कसमी बार एण्ड लाउन्जसमेत सञ्चालनमा ल्याइएको छ । हरेक पर्दामा सोफा सेटसहित सुतेर सिनेमा हेर्ने सिट जडान गरिएको छ ।
उद्घाटनपछि कुराकानी गर्दै सञ्चालक सुमित मैनालीले हलका सबै थिएटरमा पिक्चर र साउण्ड क्वालिटीलाई उच्च प्राथमिकता दिँदै उत्कृष्ट साउण्ड एरोम्याक्स वाई बार्को र दक्षिण एशियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको बताए ।
हलको जम्मा दर्शक क्षमता ५ सय सिट रहेको उनले बताए । हलमा लाउञ्जर, सोफा सेटटहरू रहेको उनले बताए ।
यससँगै क्यूएफएक्सको हल संख्या १७ पुगेको छ । हलको टिकट रेट अहिले कम रहेको र बिस्तारै अरूकै स्तरमा पुर्याइने उनको भनाइ छ । ३ वटा थिएटरका लागि १८ करोड रूपैयाँ लगानी लागेको उनले बताए ।
हेर्नुहाेस् भिडियाे
प्रतिक्रिया