यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार बिहान सार्वजनिक गरेको हो ।

नतिजाअनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र ग्रेडवृद्धितर्फ १ लाख १९३ जना विद्यार्थीले परीक्षा आवेदन भरेकामा २ लाख ३१ हजार २३६ वद्यिार्थी ग्रेड प्राप्त गर्न सफल भए अर्थात् उत्तीर्ण भएका छन् ।

यसपालि १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ परीक्षार्थी अनुपस्थित रहे ।

बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेभसाइटबाट नतिजा हेर्न सकिन्छ ।

साथै नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस वा फोन गरेर पनि नतिजा हेर्न सकिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर