
सुनको मूल्यले बनायो नयाँ रेकर्ड

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ ।
यही साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज एक सय रूपैयाँले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ९५ रूपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया