भन्सार छली ल्याइएका ४० हजार बराबरका सामान बरामद

पर्सा प्रहरीले भन्सार छली ल्याइएका ४० हजार बराबरको सामान बरामद गरेको छ ।

विभिन्न स्थानबाट मेसिनरी पार्ट पुर्जा र लत्ताकपडा गरि भन्सार छली ल्याइएका ४० हजार ९ सयको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

बिहिवार वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकस्थित सडकखण्डबाट २५ हजार बराबरका विभिन्न किसिमका लत्ताकपडा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसैगरि वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वागाँउ स्थित सडकखण्डबाट १५,९०० बराबरको मेसिनरी पार्ट पुर्जाहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामानहरु आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर