सरकारले चाँडै आन्तरिक रोजगार महाशाखा स्थापना गर्छ : श्रममन्त्री भण्डारी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्नको लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले श्रम मन्त्रालय नेपालीलाई विदेश पठाउने मन्त्रालयको रुपमा मात्रै चिनिएको भन्दै आन्तरिक रोजगारीलाई व्यवस्थित र एकीकृत बनाउनको लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताएका हुन् ।

उनले सरकारले आन्तरिक रोजगार महाशाखा स्थापना गरी आन्तरिक रोजगारीमा भएका सबै सम्भावनालाई एकीकृत गरी एकद्वार प्रणालीले काम गर्न लागेको जानकारी गरे । उनले आन्तरिक रोजगार महाशाखा स्थापना गरी आन्तरिक रोजगारका सबै क्षेत्रलाई एक ठाउँमा ल्याएर काम गर्ने बताए ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै सबै कार्यक्रमलाई मर्ज गरेर आन्तरिक रोजगार महाशाखाले काम गर्ने जानकारी गरे । उनले ५७३ स्थानीय तहका रोजगार सेवा केन्द्रका माध्यमबाट तथ्याङक संकलन गर्ने लक्ष्य बनाएको उल्लेख गरे ।

मन्त्री भण्डारीले विदेश जाने श्रमिकले अग्रेजी भाषा अनिवार्य गर्दा सबैतिरबाट बिरोध भएपनि कार्यान्वयन गरेर जाने उल्लेख गरे । उनले जापान जानेले जापनिज भाषा,कोरिया जानेले कोरियन भाषा पढ्नुपर्ने भएकाले अन्य देश जानेले अंग्रेजी भाषा पढेर जाँदा ठगिने सम्भावना कम हुने बताए । उनले फ्रि भिसा,फ्रि टिकटमा कार्यान्वयनमा समस्या रहेको बताए ।

उनले वैदेशिक रोजगारीमा जाँदा श्रमिक लैजानेले कम्पनीले वा श्रमिक आफैँले लागत व्यहोर्नुपर्ने अवस्था रहेकाले फ्रि भिसा,फ्रि टिकट हुन नसक्ने बताए । उनले अब सरकारले वैदेशिक रोजगारमा जानको लागि एक जना श्रमिकले कति सेवाशुल्क तिर्नुपर्छ भन्ने यकिन लागत तोक्ने गृहकार्यमा लागेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर