थाइल्याण्ड र अमेरिका जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणको तयारीमा लागेका छन् । चौथो पटक प्रधानमन्त्री नियुक्त भएपछि उनी पहिलोपल्ट विदेश यात्रामा निस्कने तयारीमा जुटेका हुन् ।

प्रधानमन्त्री ओलीले आउँदो महिना थाइल्याण्ड र अमेरिकाको भ्रमण गर्ने भएका छन् । ओली निकट सरकारी स्रोतका अनुसार उनको भ्रमणको तयारी भइरहेको छ ।

उनी पहिला थाइल्याण्ड भ्रमण सकेर त्यतैबाट अमेरिका जाने सम्भावना छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलन सेप्टेम्बरमा थाइल्याण्डको बैंककमा हुने भएकाले त्यसमा सहभागिताका लागि प्रधानमन्त्री ओली जाने भएका हुन् ।

सेप्टेम्बर ४ वा ५ मा शिखर सम्मेलन हुने गरी अनौपचारिक छलफल भइरहेको छ ।

यसबीच आकस्मिक रूपमा अरू देशमा भ्रमण भएन भने प्रधानमन्त्री ओलीको चौथो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्ड हुनेछ ।

सेप्टेम्बर १० मा संयुक्त राष्ट्रसंघको ७९ औं महासभा हुने भएकाले थाइल्यान्ड भ्रमणलगत्तै प्रधानमन्त्री ओली अमेरिका जान सक्ने छन् ।

सेप्टेम्बर २४ देखि ३० सम्म महासभालाई सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।f

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *