ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबीच रेमिट्यान्स पठाउनेसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रूपमा रेमिट्यान्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा रेमिट्यान्स एपबाट ग्लोबल रेमिटमार्फत सहज रूपमा नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपालभरि रहेको आइएमई लिमिटेड र जीएमई रेमिटका ५० हजारभन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिनेछ ।

साथै यसै सम्झौताअनुसार कतारमा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालका अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर