एमाले सचिवालय बैठक

एमालेले पाँच प्रदेशमा इन्चार्ज फेर्‍याे, दुईमा पुरानैलाई निरन्तरता

सत्तारूढ नेकपा (एमाले) ले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । पाँच प्रदेशमा पुरानालाई हटाएर नयाँलाई जिम्मेवारी र दुई प्रदेशमा पुरानैलाई निरन्तरता दिइएको छ ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार कोशीमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

अर्याल र भट्ट दाेहोरिँदा अरू प्रदेश इन्चार्ज फेरिएका हुन् ।

त्यस्तै पार्टीले उपाध्यक्षमा गुरू बराल, स्थायी कमिटी सदस्यमा लिलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई मनोनित गरेको छ भने १७ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर