बंगलादेशमा फेरि चर्कियो विद्यार्थी आन्दोलन

बंगलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडितको न्यायका लागि भन्दै विद्यार्थीले फेरि आन्दोलन सुरू गरेका छन् । पक्राउ परेकाहरूको रिहाइका लागि विद्यार्थीले फेरि आन्दोलन सुरू गरेका हुन् ।

न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी विद्यार्थीबीच झडप भएको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि अश्रुग्यास छर्न बाध्य भएको प्रहरीले जनाएको छ । राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको बीबीसीले जनाएको छ ।

रोजगारीमा कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै बंगलादेशमा विद्यार्थीले गरेका पछिल्लो आन्दोलनमा २ सय जनाभन्दा धेरैको ज्यान गएको थियो । झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *