कुलमानलाई चिरिबाबुको चेतावनी : उद्योगतिर जस्ताे सडक बत्तीको लाइन काटे लडाइँ हुन्छ

ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मूल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्न सक्ने आशंका व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग गरेको भेटमा उनले सो आशंका व्यक्त गरेका हुन् ।

उनले स्थानीय सरकारको गठनपश्चात शहरी व्यवस्थापनका सन्दर्भमा उपत्यकाभित्रका सार्वजनिक सडक, सम्पदा, पर्यटकीयस्थललगायतका सार्वजनिक स्थलहरूमा सुन्दरता र सुरक्षा व्यवस्थापन कायम गर्न सडक बत्ती तथा सीसीटीभी व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको बताए ।

काठमाडौं उपत्यकाभित्र पर्ने राजमार्ग, चक्रपथलगायतका अधिकांश मूल सडकहरूमा जडान भएका सडक बत्तीहरूको बिलसमेत स्थानीय सरकारको बिलमा समावेश गरिएको पाइएको उनले बताए । तर, केन्द्रीय सरकार तथा प्रदेश सरकारको मातहतमा रहेका उक्त सडक तथा आयोजनाहरूमा जडित सडक बत्तीहरूको महसुुलको विषय केन्द्रीय सरकार र प्रदेश सरकारकै दायित्वभित्र पर्ने बताए ।

उनले आर्थिक वर्ष २०८०/८१ सम्मको बिल भुक्तानी नेपाल सरकारले गर्ने पूर्वअर्थमन्त्री वर्षमान पुनबाट प्रतिबद्धता व्यक्त भएको अवगत गराए । आव २०८१/८२ देखिको बिल भुक्तानी स्मार्ट सडक बत्ती जडानमा अवलम्वन गरिएको मोडल (स्थानीय तहबाट ६०% र नेपाल विद्युत प्राधिकरणबाट ४०%) अनुसार स्थानीय पालिका मातहतका सडक, सम्पदा, पर्यटनस्थल र सार्वजनिक स्थलमा जडित विद्युतको मात्र महसुल भुक्तानी गर्ने उनको प्रतिबद्धता थियो ।

तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरूमा झैं विद्युत काटिदिन सक्ने भन्दै त्यसो नगर्न चेतावनी दिए । उनले विद्युत काटिएको खण्डमा आन्दोलन सुरू हुने बताए ।

‘पछिल्लो कालखण्डमा गएर केही बत्तीहरू काटेको सुन्नमा आयो । त्यसपछि प्रधानमन्त्रीज्यूलाई आग्रह गरेका थियौं । यसलाई टुंग्याइदिनुपर्छ,’ मेयर महर्जनले भने, ‘सम्भवतः कुलमान घिसिङले फेरि अस्ति उद्योगतिर बत्ती काटेजस्तै हामीतिर पनि काट्यो भने लडाइँ हुन्छ, यो त राम्रो हुँदैन ।’

मेयर महर्जनले स्थानीय सरकारले गरेका कामले नै सरकारलाई सुरक्षित बनाइरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर