सडक बत्तीको महसुल ६०/४० ले भुक्तानी गर्ने गरी व्यवस्था मिलाउँछु : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महसुल ६०/४० ले भुक्तानी गर्ने गरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा उपत्यका मेयर्स फोरमसँगको भेटमाउनले सडक बत्तीका लागि उपत्यकाका स्थानीय तहले ६० प्रतिशत र सरकारले ४० प्रतिशत तिर्ने गरी व्यवस्था गर्न मन्त्रायले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले काठमाडौं उपत्यका मेयर्स फोरमले आफ्ना समस्याहरू खुलेर राखेको भन्दै व्यवधान र अवरोध भए खुलाउनका लागि मन्त्रालय तयार रहेको बताए ।

उनले शहरी विकास मन्त्रालयले नगरपालिकालाई मात्रै हेर्ने भन्ने नभएको भन्दै गाउँहरूमा सडक व्यवस्थापन गर्ने काम पनि शहरी विकास मन्त्रायकै रहेको बताए । उनले सडकको फोहर व्यवस्थापनमा विशेष ध्यान दिने पनि बताए ।

‘यो मन्त्रालयले नगरपालिकालाई मात्रै हेर्छ भन्ने कुरा नठान्नुस् । यो मन्त्रालयबाट हुने काम म पूरा गर्नेछु,’ उपप्रधानमन्त्री सिंहले भने, ‘सडक बत्तीको जुन कुरा गर्नुभयो, बिलिङको सिस्टम अन्क्लियर भयो भन्नुभयो, यो ऊर्जा मन्त्रालयसँग हामी छलफल गरेर तपाईंहरूको जुन माग छ २०८१/०८२ देखि ६०/४० को शेयर गरेर गर्ने भन्ने कुरामा हामी यो मन्त्रालयबाट सकारात्मक भूमिका खेल्नेछौं ।’

उपप्रधानमन्त्री सिंहले शहर स्वच्छ हुनुपर्ने चन्दै नदीको सरसफाइमा तीन तहकै सरकार मिलेर काम अघि बढ्न जरूरी रहेकाे बताए ।

उनले काठमाडौं उपत्यका प्राधिकरणलाई पुनर्संरचना गरी मेयरहरट्कोठ सहभागिता गराइने बताए ।

उनले उपत्यकाको फोहरमैला व्यवस्थापनमा आनाकानी गर्न नहुने बताए । उनले नदीमा सिधा ढल मिसाउन नदिने गरी व्यवस्थापनमा लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *