संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक बसिरहेको छ । सिंहदरवारस्थित गृह मन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक बसेको हो ।

बैठकमा काँग्रेसका तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, एमालेका तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव जनार्दन शर्मा, कानुनमन्त्री अजय कुमार चौरासिया, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीलगायत सहभागी छन् ।

बैठकमा टीआरसी विधेयकसम्बन्धी सहमति हुन बाँकी बुँदामा छलफल भइरहेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ ।

समितिले अधिकांश विषय टुंगो लगाएर चार वटा विषयमा शीर्ष सहमति खोजेको थियो । पटक पटक भएको छलफल सहमति नजिक पुगेको बताए पनि अहिलेसम्म विधेयक अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *