औद्योगिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले औद्योगिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन । नेपाल उद्योग परिसंघले आज सिंहदरबारस्थित मन्त्रालयमा गरेको भेटमा उनले मुलुकको ऊर्जा क्षेत्रको विकासका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्दै औद्योगिक वातावरण निर्माणमा सरकार लागेको बताएका हुन ।  “सरकारले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ, उक्त लक्ष्यलाई पूरा गर्न देखिएका अफ्ठ्यारालाई हल गर्दै सरकार अगाडि बढ्छ”, मन्त्री खड्काले भने ।

ऊर्जा क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताउँदै मन्त्री खड्काले उद्योगी व्यवसायीको आम्दानी वृद्धि हुने गरी सरकारले काम गर्ने भएकाले सोहीअनुसार कर तिर्नसमेत व्यवसायीलाई आग्रह गरे ।

भेटमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले अझै पनि कतिपय उद्योगीले लोडसेडिङको समस्या भोग्नुपरेकाले समाधानका लागि सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गरे । उन ऊर्जा उत्पादनलाई बढाउनका लागि सरकारले विद्युत्सँगै वैकल्पिक ऊर्जामा ध्यान दिनुपर्ने बताए। गुणस्तरीय बिजुली नभई देशको विकास हुन नसक्ने उनले भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर