अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी छैन : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताएकी छन्।

बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरू रहेको उल्लेख गर्दै आफूहरुले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको बताइन्।अहिले सरकारमा रहेका मन्त्रीहरुलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

अहिलेको सरकारले अर्थ कुटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने पनि उनले बताइन्। वर्तमान सरकार कहिले ढल्ला भन्ने भय नरहेकाले ढुक्क भएर काम गर्न समस्या नरहेको उनको भनाइ छ। दुवै राजनीतिक दलहरुको लक्ष्य देश र जनताको विकास, अर्थतन्त्रमा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण रहेकाले देश परिवर्तन गरेर देखाउने उनले दाबी गरिन्।

‘सरकारमा रहेका दुई पार्टीहरु धेरै नै पुराना पार्टीहरु छन्। हामीले काम गर्नसक्छौँ। हामीले देशको लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन। किनभने हामीले गरेर देखाइसकेका छौँ,’ उनले भनिन्, ‘हामी भन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो। हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *