चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महशुस गर्न सकेनन् : सांसद थानी

नेपाली काँग्रेसका सांसद हृदयराम थानीले देशमा चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महशुस गर्न नसकेको बताएका छन् ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सुरक्षाको अनुभुति आम नागरिकले गर्न नपाएको उहाँको भनाइ थियो । उहाँले मुलुकको विद्यमान अवस्था नाजुक रहेको बताए । उनले शान्ति सुरक्षाको लागि क्विक रेस्पोन्स नरहेको पनि जिकिर गरे । उनले शान्ति सुरक्षा दिन नसके विकास निर्माणको गति पनि अघि बढ्न नसक्ने बताए ।

उनले भने, ‘देशमा चार वटा सुरक्षा निकाय छन् । चार चार वटा सुरक्षा निकाय हुँदा जनताले सुरक्षाको अनुभुति गर्न पाउने की नपाउने रु म गृहमन्त्रीज्युका अगाडि भन्छु, आइजीपी सावहरुका अगाडि भन्छु । सुरक्षाको अनुभुति आम नागरिकले गर्न पाएका छैनन् । आइजिपी सावहरु दुवै जना यहीँ हुनुहुन्छ । मुलुकको विद्यमान अवस्था यो छ । कोही त बोल्नुपर्ने हो नि त । किन नबोल्ने रु मै सांसद हुँ । हिँड्छु । शान्ति सुरक्षाको लागि क्विक रेस्पोन्स छैन । शान्ति सुरक्षा अहिले दिन सकिएन भने विकास निर्माणको गति पनि अघि बढ्न सक्दैन ।’

सांसद थानीले सुरक्षा निकायलाई आवश्यक पर्ने हतियार र सामग्रीहरुको व्यवस्थापन राज्यले चाँडो भन्दा चाँडो गर्नुपर्ने बताए। सरकारले नसक्ने हो भने आफ्नो क्षेत्रको बजेट काटेर सुरक्षा निकायलाई हतियार किन्ने व्यवस्था मिलाइदिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर