शेयर बजारमा ‘रेकर्ड ब्रेक’ : करिब २२ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९१ बिन्दुमा कायम भएको छ ।

नेप्से परिसूचकको वृद्धिसँगै आज शेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम अहिलेसम्मकै धेरै हो । यसअघि विसं २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो । त्यसयता कारोबार रकमले उक्त ‘रेकर्ड’ तोड्न सकेको थिएन । बुधबार उक्त ‘रेकर्ड’ तोड्दै कारोबार रकमले नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।

आज तीन सय ३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता शेयर दुई लाख ३८ हजार दुई सय ७२ पटक खरिदबिक्री हुँदा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख तीन हजार रूपैयाँ पुगेको हो । आज कारोबारमा आएका कम्पनीमध्ये एक ९१ वटा कम्पनीको शेयर मूल्य बढ्दा आठ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । बढ्नेमा अधिकांश वित्त र लगानी समूहका कम्पनीहरु छन् । आजको कारोबारबाट सबै समूहको उपसूचक बढेको छ ।

आजको कारोबारमा ४४ कम्पनीको शेयर मूल्य सामान्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्याेरेन्स कम्पनी सबैभन्दा अगाडि छ । यो कम्पनीको ८४ करोड रूपैयाँको शेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ४१ करोड रूपैयाँको शेयर कारोबार भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर