बागमती, लुम्बिनी र कर्णालीमा पुरानालाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त

तीन प्रदेशमा यसअघि प्रदेश प्रमुख रहेकाहरूलाई पदमुक्त गरेर नयाँ नियुक्ति गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमती, लुम्बिनी र कर्णालीका प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

यसअघिका बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रमुख अमिक शेरचन र कर्णालीका प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै नयाँ नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर