ज्यान मार्ने उद्योगका कैदीलाई छुट्टै कारागारमा राख्ने व्यवस्था गर्न माग

सत्तारूढ नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले ज्यान मार्ने उद्योगका कैदीलाई छुट्टै कारागारमा राख्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

बुधबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग राखेकी हुन् ।

गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिमा बसेको बैठकमा उनले अन्य कैदीहरू र उनीहरूबीच झडप हुने स्थितिसमेत हुने भएकाले उनीहरूलाई छुट्टै कारागारमा राख्ने व्यवस्था गर्न उपयुक्त हुने तर्क गरिन् ।

यस्तै उनले कारागारमा रहेका आश्रित बालबालिकाहरूलाई बाहिर ल्याएर अध्ययनको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरिन् ।

हाल कारागारमा ७६ जना बालबालिका आश्रित अवस्थामा रहेको र उनीहरूलाई सरकारले बाहिर ल्याएर राम्रो विद्यालयमा पठनपाठनको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

उनले थोरै संख्यामा रहेका ती बालबालिकाहरूलाई राज्यले बाहिर नै राखेर पठनपाठनको व्यवस्था गर्न सके राम्रो हुने सांसद प्रसाईंको भनाइ थियो ।

उनले भनिन्, ‘कारागारमा ७६ जना आश्रित बच्चाहरू रहेछन् । त्यो ७६ जना आश्रित बच्चाहरूलाई हामीले बाहिर ल्याएर राम्रो स्कुलमा पढाउन सक्छौं । यो व्यवस्था गर्न सकिन्छ कि, त्यसले गर्दा त्यो माहौलबाट बच्चाहरू बाहिर आउँछन् कि भन्ने मेरो एउटा सुझाव छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *