प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

नेपाल प्रहरीले काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलबार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३९ वर्षीय रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका खड्का काठमाडौं-३२ बस्ने रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट साउन मंगलबार (साउन १५) मा पक्राउ गरिएको हो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो ।

खड्का र भक्तपुरको मध्यपुर ठिमीस्थित लोकन्थली बस्ने राजीव पाण्डेसहितको समूहले रड र इँटा प्रहार गरेर प्राध्यापक विष्टलाई घाइते बनाई बेहोस अवस्थामा छाडेर फरार भएका थिए । प्राध्यापक थापाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्राध्यापक विष्टको २०६४ असार २६ मा हत्या भएको थियो । ललितपुरको इमाडोल घर भएका विष्टको धादिङको गंगाजमुना गाउँपालिका-७ घर भई ललितपुर महानगरपालिका-२६, ढोलाहिटी बस्ने ४१ वर्षीया सोभिता थापा भन्ने साविता थापा (अधिकारी) को योजनामा उनका सहोदर भाइ विनोद थापा, काठमाडौं-३२ बस्ने ३९ वर्षीय रञ्जन खड्का र भक्तपुरको मध्यपुर ठिमीस्थित लोकन्थली बस्ने राजीव पाण्डेसहितको समूहले हत्या गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर