कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति थापाले लिइन् शपथ

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

बुधबार उनले समितिको सभा्कक्षमा शपथ ग्रहण गरेकी हुन् । सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनीयताको शपथ ग्रहण गराए ।

डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी थिइन् ।

शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले समितिका कामकारबाहीलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर