राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले दिए राजीनामा

राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् ।

उनले साउन ९ गतेबाटै लागू हुने गरी राजीनामा दिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

उनलाई २०८० जेठ ३२ गते राष्ट्रिय सुरक्षा परिषदमा नयाँ पद सिर्जना गरेर राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो ।

वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने भएपछि बैरागीका लागि सरकारले उक्त पद सिर्जना गरेको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।

बैरागीलाई मन्त्रीसरहको सेवा सुविधा दिने गरी राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *