खिर खाने दिन ९० लाख लिटर दुध खपत

साउन १५ गते खिर खाने दिन देशभर करिब ९० लाख लिटर दुध खपत भएको छ ।

डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन नेपालका अनुसार अरू दिन दैनिक ३० लाख लिटर दुध खपत हुन्छ तर खिर खाने दिन तीन गुणा बढी अर्थात् ९० लाख लिटर दुख खपत भएको हो । ९० लाख लिटर दुध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको जनाइएको छ ।

साउन १५ लाई खिर खाएर मनाइन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने चलन प्राचीनकालदेखि चल्दै आएको हो । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए  । दुधमा मसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर