दरखास्त नै पर्दैन विज्ञापनमा

आर्थिक वर्ष २०७९/८० मा लोक सेवा आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलागयतका पदमा कुनै पनि दरखास्त नै परेनन् । आन्तरिक र समावेशी गरी ४६ वटा ती पदमा दरखास्त नपरेका हुन् ।

त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्जिनियरिङ मेट्रोलोजी पदमा गरी ४३ पदमा पनि दरखास्त परेका थिएनन् ।

त्योभन्दा पनि अघिल्लो आव २०७७/७८ मा स्वास्थ्य सेवाका कन्सल्टेन्ट प्लास्टिक सर्जन, कन्सल्टेन्ट हेमाटोलोजिस्ट सर्जनलगायत ७७ पदमा पनि दरखास्त नपरेको लोक सेवा आयोगले जनाएको छ । लोक सेवाको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आयोगले हरेक वर्ष सार्वजनिक गर्ने विभिन्न प्राविधिक सेवाका पदमा कुनै पनि दरखास्त पर्दैनन् । आयोगले सार्वजनिक गर्ने विज्ञापनसँग सम्बन्धित विषयका दक्ष जनशक्ति बजारमा नहुने र भइहाले पनि अध्ययनलगत्तै ती जनशक्ति बिदेसिने भएकाले धेरै प्राविधिक सेवाका पदमा दरखास्त नपरेको अनुमान आयोगको छ ।

लोक सेवा आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले दरखास्त नपर्नेमा नेपाल इन्जिनियरिङ र स्वास्थ्य सेवाका प्राविधिक पद सबैभन्दा धेरै रहेको बताए । निजामती सेवाका प्राविधिक सेवामा आयोगबाट सिफारिस भएपछि सेवा अवधिमा पर्याप्त रूपमा योग्यता अनुसारको सेवा सुविधा नहुने भएकाले कतिपय प्राविधिक पदमा दरखास्त नपरेको पनि बताए  । आर्थिक वर्ष २०७६/७७ मा निजामती सेवाको टाइपिस्ट पदका १३ वटा विज्ञापनमा र अन्य सेवाका १५ वटा गरी कुल २८ वटा विज्ञापनका विभिन्न पदमा र आर्थिक वर्ष २०७५/७६ मा प्रकाशित निजामती सेवातर्फका १७४ स्थानीय तहका ५९६ विज्ञापनमध्ये टाइपिस्ट पदका ११ वटा र न्याय र कानुन समूहको उपसचिव दलित समूहको पदमा दरखास्त नपरेको लोक सेवा आयोगले जनाएको छ ।

प्रवक्ता होमेगाईका अनुसार दरखास्त नपर्ने पदमा खरिदार र नायब सुब्बादेखि सहसचिव वा सो सरहका छन् । दरखास्त नपर्ने पदमा जल विज्ञान सहायक, नायब मौसम विज्ञान सहायक र आन्तरिक बढुवातर्फको टाइपिस्ट पदमा कुनै पनि दरखास्त नपरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले हरेक वर्ष गर्ने विज्ञापनमा अन्य विभिन्न पदमा भने एउटा पदका लागि करिब एक हजारको सङ्ख्यामा दरखास्त पर्ने गरेका छन् ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर