म कडा रक्षामन्त्री थिएँ, राजा वीरेन्द्रले भनेको नमानी तत्कालीन प्रधानसेनापतिलाई हटाइदिएँ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरु हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन । उनले नेपाली विद्यार्थी र युवा पुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उल्लेख गर्दै नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुद लगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको बताए। उनले आफू २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रुपमा प्रश्तुत भएको बताए । उनले राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्ती गर्न नचाहँदा पनि आफूले बर्खास्ती गरेको बताए । उनले तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको बताए । उनले सो सयमसम्म नेपाली सेनामा महिला भर्ती नगर्ने गरेको पनि स्मरण गरे।

उनले भने, ‘नयाँ विद्यार्थी, नयाँ युवाहरु एक सय एक प्रतिभाशाली छन् । संसारमा पनि कीर्तिमान कायम गरेका छन् । नेपाली युवाहरु जुनसुकै क्षेत्रमा पढाईको क्षेत्रमा होस्, अनुसन्धानको क्षेत्रमा होस् । चाहे सगरमाथा आरोहण गर्ने क्षेत्रमा होस् । युद्धको मैदानमा होस् । ब्रिटिस सेनालाई पराजित गर्ने हिम्मत गर्ने नेपाली गोरखा सैनिक हो । विश्वका ती देशहरुमा जहाँ गृहयुद्ध चलिरहेको छ, त्यो गृहयुद्धलाई शान्त गर्न सबैभन्दा प्रभावकारी कोही देखिन्छ भने त्यो नेपाली सेना नै छ । म लेबनान गएको थिएँ ।

म त्यहाँ गएको लेबनानमा रहेका नेपाली सेनाका हाकिमहरु थाहा पाए । उनीहरु मलाई भेट्न आए । किन आए थाहा छ, किनभने म सेनाको पनि रक्षामन्त्री थिएँ । २०५१ सालमा रक्षामन्त्री भएपछि प्रधानसेनापतिलाई पनि सञ्चालन गर्नुपर्छ । म कडा रक्षामन्त्री थिएँ । प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ । भ्रष्टाचार गरेको हुनाले । त्यो बेलामा राजा वीरेन्द्र थिए । वीरेन्द्रले भने एक पटक माफ दिइदिनुस् न त भने मैले भने माफी दिन सकिँदैन । यस्ता मान्छेलाई राखेर नेपाली सेनाको इज्जत बढ्न सक्दैन । म रक्षामन्त्री भएको बेलामा नेपाली सेनामा महिलालाई भर्ना गरिँदैन थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर