ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस

ग्लोबल आइएमई बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई किक फन वर्ल्ड प्रालिबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्मतीमा सेवा मूल्यको १० प्रतिशत रकम बोनसस्वरूप प्रदान गर्ने समझदारी भएको छ ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंककी बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वर्ल्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकका ग्राहकहरूले वण्डरल्याण्ड नेपाल, बुङ्मतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाका लागि वण्डरल्याण्डबाट जारी हुने कार्डबापतको भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघसंस्थाहरूसँगको समन्वयमा यस्ता किसिमका योजनाहरू ल्याएर प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सय भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर