आगामी तीन दिन नदीहरुमा जल सतह बढ्ने, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नदीहरुको हालको अवस्थाबारे जानकारी गराएको छ ।

महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार बिहानको मापनमा कोशी, कर्णाली, नारायणी, महाकाली, बागमती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको जनाएको छ ।

महाशाखाले तीन दिनसम्मको अनुमान गर्दै आज दिउँसो, भोलि र पर्सी नदीहरुमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने भएकाले तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज विशेषगरी रामेछाप, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटीलगायत आसपासका जिल्ला भइ बहने ससाना नदीमा बहाव बढ्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर