डीएसपी लम्साल र असई दनुवारको निलम्बन फुकुवा

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र प्रहरी सहायक निरीक्षक बोधराज दनुवारको निलम्बन फुकुवा गरिएको छ ।

घटनास्थलमा सुरक्षा कमाण्ड गरेका डीएसपी लम्साल र तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) लाई २०८० पुस १४ मा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । उनीहरू दुवैको निलम्बन फुकुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता दान बहादुर कार्कीले बताए ।

इपीएस भाषा परीक्षामा सहभागी हुन फारम भर्ने विषयमा प्रदर्शनको हुँदा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका हुन् ।

घटनाबारे जाँचबुझ गर्न मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको आयोग गठन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *