राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
१५ साउन २०८१ ८:५९
राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्नेछ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रशस्त गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया