बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

विश्वासको मत लिन मुख्यमन्त्री लामाले तीन दिन अघि नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।

मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार लामाले आज विश्वासको मत लिन लागेका हुन् ।

लामा यही साउन ८ गते कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर