एसइई परीक्षा : पुनर्योगमा ४.६ प्रतिशत विद्यार्थीको नतिजा परिवर्तन

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४.६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ । यद्यपी पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीमध्ये केही नतिजा सार्वजनिक गर्न अझै बाँकी छ ।

बोर्डका अनुसार १८ हजार ६१२ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए । जसमध्ये आइतबारसम्ममा १६ हजार २४१ जनाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार ग्रेडवृद्धि परीक्षा सुरु हुनुभन्दाअघि नै नतिजा सार्वजनिक गरिसक्ने योजना छ ।

परीक्षार्थीले पहिले प्राप्त गरेका नतिजामा केही विषयको ग्रेड प्वाइन्ट (जिपिए)मा परिवर्तन भएको छ । परीक्षा नियन्त्रक पौडेलले भने, “केही विषयमा परीक्षार्थीले पहिला प्राप्त गरेको विषय अनुसारको ग्रेडमा परिवर्तन भएको मात्रै हो । विद्यार्थीले परिवर्तित नतिजा अनुसार कति जनाले जिपिए ४ नै ल्याए भनेर बोर्डले विश्लेषण गरेको छैन ।”

बोर्डले ग्रेडवृद्धि परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्दै छ । बोर्डले यस पटक नतिजामा ननग्रेडेड (एनजी) आएका जति सबै विषयमा पूरक ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यसअघि अधिकतम दुई वटा विषयमा एनजी आएका विद्यार्थीलाई मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो ।

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा असार १३ गते सार्वजनिक गरेको थियो । जसमध्ये परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ४७।८६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । सहभागीमध्ये ५२।१४ प्रतिशत विद्यार्थीको नतिजा ननग्रेडेड ९एनजी० आएको थियो । दुई लाख ४२ हजार ३१३ जना विद्यार्थी एनजी समूहमा परेका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर