१९ देशका लागि राजदूत सिफारिस, भारतमा शर्माकै निरन्तरता

मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले  भारत, चीन, अमेरिका, बेलायतसहित १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, रुस र अष्ट्रेलियाको राजदूत फिर्ता बोलाएको छ । चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए ।

यसअघि २४ जेठको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । यीसहित खाली भएका देशमा राजदूत नियुक्ति सिफारिस भएको हो ।

एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा सिफारिस भएका थिए । २४ जेठको मन्त्रिपरिषद बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । नेपाली कांग्रेस निकट उनलाई एमाले- माओवादी गठबन्धन सरकार हुँदा फिर्ता बोलाइएको थियो ।

फेरि कांग्रेस-एमाले गठबन्धन सरकार बनेपछि उनलाई नै निरन्तरता दिने निर्णय भएको ती मन्त्रीको भनाइ छ ।

त्यस्तै चीनमा कृष्णप्रसाद ओली र बेलायतमा चन्द्रप्रसाद घिमिरेको नियुक्ति भएको छ । त्यस्तै दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, पोर्चुगलमा प्रकाशमणि पौडेल र दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठको सिफारिस भएका छन। अस्ट्रेलियामा कान्ता रिजाल, स्पेनमा सनिल नेपाल, मलेसियामा नेत्रप्रसाद तिमिल्सिना र पाकिस्तानका लागि रिता धितालको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर