प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

निर्वाचन आयोगका आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गर्ने निर्ण गरेको हो ।

सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि अफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।

२ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइका क्रममा एक महिलाले प्रधानले आफूलाई यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

समितिले उजुरीकर्ता महिला र प्रधानसँग पनि यसबारेमा छलफल गरे पनि निर्णय गर्न ढिलाइ गरिरहेको थियो । सोमबार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको छलफलले प्रधानको नाम अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेको थियो ।

त्यसपछि प्रधानले आफैं नाम फिर्ता लिएर संसदीय समितिको सचिवालयमा निवेदन दिएका थिए । अन्तिममा त्यसै निवेदनलाई आधार बनाएर समितिले प्रधानको नाम अनुमोदन नहुने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर