कृषि समितिको सभापतिमा कांग्रेसकी कुसुमको उम्मेदवारी

कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको सभापतिका लागि नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दर्ता गराएकी छन् ।

उनले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको समर्थनमा सोमबार दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् ।

संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा कांग्रेस सांसद बीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहेका छन् ।

समिति सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिका लागि नयाँ सभापति चयनको प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर