बालिका बलात्कार आरोपमा काठमाडौंको कपनबाट तिब्बती नागरिक पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा काठमाडौंको कपनबाट एक जना पक्राउ परेका छन् ।

११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं महानगरपालिका-६, महांकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेका व्यक्ति पक्राउ गरेका हुन् ।

बालिकालाई जबरजस्ती करणी गरेको खबरपछि प्रहरी प्रभाग, कपनबाट खटिएको प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर