प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय लिन बोलाइएको बैठक सर्‍याे

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ ।

सोमबार बिहान ११:३० बजे बस्ने तय भएको बैठक सोमबार अपराह्न ५ बजे बस्ने गरी सारिएको हो ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले ११:३० बजे बस्ने गरी बोलाइएको बैठक अपराह्न ५ बजे बस्ने गरी सारिएको जानकारी दिए।

आजको बैठकले प्रस्तावित निर्वाचन आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनेछ । यसअघि शुक्रबारको समिति बैठकमा उनको सुनुवाइ भएको थियो ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् ।

सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए ।

यौन शोषणजस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोधसमेत भएको अवस्थामा समितिले आज निर्णय लिन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर