पोखरामा स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, २९ जना घाइते

पोखरा महानगरपालिका-२१ छरछरेमा सोमबार स्कुल बस दुर्घटना हुँदा एक कर्मचारीको मृत्यु भएको छ । विद्यार्थी लिएर फर्कंदै गरेको पोखरा-१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३५ वर्षीया आरती विकको मृत्यु भएको हो ।  त्यस्तै दुर्घटनामा २९ जना घाइते भएका छन् ।

बसमा चालक, २८ विद्यार्थी र एक कर्मचारी सवार थिए । रामदीबाट विरौटा फर्कने क्रममा बस घुम्तीबाट झन्डै ५० मिटर तल खसेको थियो ।

घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए । घाइतेमध्ये दुई विद्यार्थीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर