पाउण्ड साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८० रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.८६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७० रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *