अवैध लागूऔषधसहित चार जना पक्राउ

आबुखैरेनी गाउँपालिका- ४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० क्याप्सुल सहित ब्यास नगरपालिका-१ बस्ने १९ वर्षीय मनिष परियारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी तनहुँ, बन्दिपुर गाउँपालिका(६ पुरानो साराङघाटबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ९० ग्राम सहित देवघाट गाउँपालिका-३ फिदिम स्वाँरा बस्ने २२ वर्षीय पोमराज गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले घुमाउनेबाट साराङघाटतर्फ जाँदै गरेको बा.प्र.०३-००४ प १८९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित सोही नगरपालिका(७ बस्ने २८ वर्षीय झक बहादुर खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटीसफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सोधपुछको क्रममा उक्त घटनामा मेचिनगर नगरपालिका-७ बस्ने ३० वर्षीय खडग बहादुर दर्जीको संलग्नता रहेको भन्ने खुल्न आए पश्‍चात प्रहरीले दर्जीलाई समेत नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर