सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत् उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताएका छन् ।आइतबार मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) सँगको भेटमा उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले विद्युत् उत्पादनलाई बढाइ, धेरै भन्दा धेरै स्वदेशमै उपभोग बढाउने र बचेको विद्युत् निर्यात गर्ने नीतिका साथ सरकार अघि बढेको बताए । उनले ऊर्जा उत्पादकलाई डिस्करेज गर्नेतर्फ नभई इन्करेज गरेर अघि बढ्ने बताए ।

अर्थमन्त्री पौडेलले ऊर्जा उत्पादकहरूलाई आफ्नो मनोबल बढाइ विद्युत् उत्पादनमा लाग्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *