५० हजार धरौटीमा रिहा भए निलम्बित मुख्यसचिव अर्याल

निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल ५० हजार रूपैयाँ धरौटी तिरेर रिहा भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बयानपछि अर्यालसँग ५० हजार रूपैयाँ धरौटी मागेको थियो । धरौटी बुझाएर उनी आइतबार नै रिहा भएका छन् ।

अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तःशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरूवा गरिएको छ ।

त्यही मुद्दा लागेका केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अदालतमा हाजिर भएका थिए, उनलाई एक लाख रूपैयाँ धरौटी माग्ने आदेश भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *