दलहरूलाई स्पष्ट बहुमत ल्याउन संविधानले रोकेको छैन : सांसद शाही

नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधन गनेृ विषयको औचित्यमाथि प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले वर्तमान सरकार संविधान संशोधनको उद्देश्यसहित बनेको भन्दै संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताएका हुन् ।

उनले जनतालाई अहिले दिगो विकास चाहिएको भन्दै विकास गर्नका लागि संविधानले नरोकेको बताए ।

उनले राजनीतिक दलहरूलाई स्पष्ट बहुमत ल्याउनका लागि पनि संविधानले नरोकेको बताए । उनले संविधानका कारण देशको विकास पछि नपरेको भन्दै यसको औचित्य स्पष्ट पार्न आग्रह गरे ।

‘के कारणले गर्दा संविधान संशोधन आवश्यक पर्‍याे ? अहिले हामीले स्पष्ट बहुमत ल्याउन नसकेको त हो नि कुनै पनि राजनीतिक दलले । स्पष्ट बहुमत ल्याउनका लागि कसले रोकेको छ ? कसैले रोकेको छैन,’ सांसद शाहीले भने, ‘दुई तिहाइ बहुमत हामीले ल्यायौं । स्पष्ट बहुमत ल्याउन कसैले रोकेको छैन । त्यसो भएको हुनाले संविधानले रोकेको छैन ।’

उनले देश विकासको मोडलको बारेमा छलफल गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा प्रधानमन्त्री हुँदा पनि विकासको कुनै मोडल ल्याउन नसकेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर