ठूलो रूपान्तरणको प्रक्रियामा जाँदै छौं : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले पार्टी ठूलो रूपान्तरणको प्रक्रियामा जाने बताएको छ । आइतबार पार्टी केन्द्रीइ कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चाकरर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो निर्णय भएको बताए ।

उनले भने, ‘परिस्थिति जटिल र पेचिलो छ । हामीले एक खालका कार्यक्रम बनाएर जनतामा जानुपर्छ । हामी एउटा ठूलो रूपान्तरणको प्रक्रियामा छौं ।’

उनले बैठकमा वर्तमान परिस्थिति र मजबुत पार्टी निर्माण सम्बन्धमा छलफल भइरहेको बताए । बैठकमा आज जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले आफ्ना धारणा राखेको र बैठकमा बोल्ने नेताहरूलाई समय निर्धारण नगरी बोल्न दिइएको उनले बताए ।

प्रवक्ता सापकोटाले माओवादी केन्द्र एक पटक पुनः जनतामा जाने गरी अभियान सञ्चालन गर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *